साउदीकी राजकुमारीले एक युवकलाई खुट्टा चुम्न लगाएपछि … « Khabarhub

साउदीकी राजकुमारीले एक युवकलाई खुट्टा चुम्न लगाएपछि …


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्समा साउदी अरबकी राजकुमारी हासा बिन्त सलमान अल सउदले खुट्टा चुम्न लगाएको भन्दै एक युवकले उनी विरुद्ध मुद्दा दर्ता गराएका छन् ।

सामान्य फर्निचर उद्योगमा मजदुरी गर्ने ती युवकलाई राजकुमारी हासाले अंगरक्षक मार्फत कुटपिट गरेर खुट्टा चुम्न बाध्य बनाएको आरोप छ ।

यद्यपी यो घटना भने सन् २०१६ सेप्टेम्बर को हो । पीडित युवकका अनुसार उनी फर्निचरको काम गर्नका लागि फ्रान्सको पेरिसस्थित एब्सेन्शियाको एवेन्यू फोक लक्जरी अपार्टमेन्ट पुगेका थिए । उ

नले काम सकेलगत्तै मोबाइलबाट फर्निचरको फोटो खिचे । त्यही क्रममा राजकुमारीले क्यामेराको फ्ल्याश देखिन् र आफ्नो तस्बिर खिचिएको ठानेर अंगरक्षकमार्फत् कुट्पीट मात्र गरिनन् खुट्टा चुम्न समेत लगाइन् ।

कुटपीटबाट पीडित बनेका ती युवकले घटना भएकै दिन पुलिसमा मुद्दा दर्ता गराएका थिए । सोधपुछपछि पुलिसले राजकुमारीलाई छोडेको थियो र उनी साउदी फर्किएकी थिइन् ।

राजकुमारीसँग कुनै प्रकारको सम्पर्क नहुँदा सन् २०१७ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पछि उनी बडीगार्ड सहित अदालतमा उपस्थित भएको र सबै आरोप गलत भएको दाबी गरेकी थिइन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : ५२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा