संसदमा कांग्रेर र राजपाको नाराबाजी « Khabarhub

संसदमा कांग्रेर र राजपाको नाराबाजी


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सर्लाही घटनाको अनुसन्धानका लागि संसदीय छानवीन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।

बुधबार विहान ११ बजे प्रतिनिधिसभा बैठक शुरु गर्दै सभामुख कृष्णबहादुर महराले कारवाही शुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतापार्टीका नेताहरुले उभिएर विरोध जनाएका थिए ।

सांसदहरु उभिएकै बेलामा सभामुख महराले बस्न आग्रह गरेका थिए । तर सांसदहरु उठिरहेपछि सभामुख महराले संसद बैठक सुचारु गर्ने प्रयास गरे । उनले अब शून्य समय सुरु हुन्छ भन्न साथ प्रतिपक्षी दलका सांसदहरु बेल तर्फ अगाडि बढेका थिए ।

सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, मानवअधिकारको रक्षा गर्नुपर्ने लगायतका माग राख्दै संसदमा नाराबाजी गरिरहेका छन् ।
सभामुख महराले भने सांसदहरुको बोल्न पाउने अधिकारलाई सुनिश्चितता नगर्दा संसदीय सर्वोच्च कायम नहुने बताइरहेका छन् ।

‘सदनको कारवाही यसरी अवरुद्ध हुँदा जनताका समस्या सदमा प्रवेश गर्न पाएको छैन’ सभामुख महराले भने,‘ सरकारले पनि त्यसलाई कारवाही गर्न पाएको छैन । सदस्यहरुले उठाएको विषय सरकार र सदनको ध्यानाकर्षण भएको छ । संसद अवरुद्ध रोकिदिनुस् आसन ग्रहण गर्नुहोस् र छलफलमा भाग लिनुस् ।’

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ११ : ३२ बजे

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६