कांग्रेसले नै प्रचण्डलाई सरकारमा पुर्‍याएको हो, कांग्रेसले चाहे हटाउन पनि सक्छ : गगन थापा « Khabarhub

कांग्रेसले नै प्रचण्डलाई सरकारमा पुर्‍याएको हो, कांग्रेसले चाहे हटाउन पनि सक्छ : गगन थापा


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले नै प्रचण्डलाई सरकारमा पुर्‍याएको र कांग्रेसले चाहे हटाउन पनि सक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर–२ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रस संसदको ठूलो पार्टी रहेपनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताए ।

कांग्रेस संसदको ठूलो पार्टी भएपनि अहिलेको समस्या समाधान गर्ने जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको उनले बताए ।

थापाले रोजगारीको ठूलो समस्या रहेकै कारण बालकुमारीमा दुई युवाहरुले ज्यान गुमाउनु परेको धारणा राखे । उनले कांग्रेसको मिसन ८४ भन्दा पनि मिसन रोजगारी हुनुपर्ने बताए ।

त्यस्तै, थापाले पार्टीको गुटउपगुटका साथै निर्वाचनमा खल्तीबाट उम्मेद्वार छान्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले मुलुकको परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको र अव कांग्रेस नरहे मुलुक कुनै न कुनै रुपमा द्वन्द्वमा फस्ने बताए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ०६ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम