वडा अध्यक्ष रिहाईको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम « Khabarhub

वडा अध्यक्ष रिहाईको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

सिरहा– चुरे तथा वन क्षेत्रबाट अवैध उत्खननको सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माग गर्दै कर्जन्हा नगरपालिका  मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन्। 

कानुन विपरित उत्खनन सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाईको माग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हाको बन्दिपुरमा सडक जाम गरेको हो। 

सडक जामका कारण सयौँ सवारी साधन र हजारौँको सङ्ख्यामा यात्रुहरू अलपत्र परेका छन्। विभिन्न कामले हिँडेका यात्रुहरू बिनाकारण बिच बाटोमा बिचल्लीमा परेका छन्। 

वडा अध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहान सिरहाले शुक्रबार पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ। वन क्षेत्रभित्रको जग्गामा पोखरी खन्ने गैरकानूनी ढङ्गले सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष पोखरेललाई नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्वुले सडक खुलाउने प्रयास भइरहको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सबैले आ–आफ्नो अधिकारक्षेत्र भित्र रहेर काम गर्नु पर्ने भन्दै वन कार्यालयले अधिकार क्षेत्र नाघेको बताए। उनले भने सबैले आ–आफ्नो अधिकारक्षेत्रमा रहेर काम गर्नु पर्छ, निजी जमिनमा खन्दा पनि वनले जनप्रतिनिधि नियन्त्रणमा लिनु अधिकारक्षेत्र बाहिरको काम भएको बताए। 

निजी जमिनमा उत्खनन गर्दापनि सरोकारबालाहरुसँगको सहमतिमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेर मात्र उत्खनन गर्न पाउने कानुनी प्रावधान रहेको छ। तर, पोखरी खन्ने र जमिन सरसफाइको नाममा ठेकेदारलाई सिफारिस दिनु गैर कानुनी भएको स्थानीय अधिकारकर्मीहरूको कथन रहेको छ। 

उनीहरूले जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमै जथाभावी उत्खनन भइरहेको बताएको छ। विभिन्न प्रलोभनका कारण सिरहाका उत्तरी क्षेत्रका वडाहरुको ग्राभेल उत्खनन गर्न वडा अध्यक्षहरूले पोखरीको सिफारिस दिने गरेको छ। 

उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाए पनि यहाँबाट ग्राभेल तस्करहरूलाई सहज पार्न वडा कार्यालयको मिलेमतोमै पोखरी खन्ने सिफारिस दिनेगरेको स्थानीयको आरोप छ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ०६ बजे

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

एजेन्सी– अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र

कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग

काठमाडौं– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकार मात्र

चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ओलीका सबैभन्दा विश्वासिला पात्र विष्णु

उपाध्यक्षमा गुरुङ लोकप्रिय, ल्याए १७३७ मत, दोस्रोमा विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा विजय भएका पृथ्वीसुब्बा गुरुङले १७३७

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष