न्यायाधीश थपलियामाथि कारबाही प्रक्रिया जारी छ, अवाञ्छित प्रभाव पार्ने समाचार नलेख्नू : न्याय परिषद् « Khabarhub

न्यायाधीश थपलियामाथि कारबाही प्रक्रिया जारी छ, अवाञ्छित प्रभाव पार्ने समाचार नलेख्नू : न्याय परिषद्


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश नवराज थपलियामाथि कारबाही प्रक्रिया चलिरहेको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै परिषद्ले न्याय परिषद् ऐन २०७३ को दफा २१ अनुसार सफाई पेस गर्न सूचना दिइ कारबाही प्रक्रिया चलिरहेको जनाएको छ । थपलियाले कार्यक्षमता, आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालन गरे नगरेको भन्ने विषयमा परिषदद्वारा गठित छानविन समितिले दिएको प्रतिवेदनउपर भएको निर्णय अनुसार उनीविरुद्ध कारवाही प्रक्रिया अघि बढेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त छानबिनबारे न्याय परिषदको निर्णयबमोजिम तोकिएका न्यायाधीश र कर्मचारीउपर आक्षेप लगाउने किसिमबाट अनलाइन सञ्चार माध्यमबाट समाचार सम्प्रेषित भएको भन्दै परिषदको ध्यान आकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

न्याय परिषद्को संवैधानिक तथा कानुनी दायित्वअन्तर्गत विचाराधीन काम कारबाहीमा कुनै प्रकारको अवाञ्छित प्रभाव पार्ने किसिमबाट सम्प्रेषित समाचारप्रति आपत्ति प्रकट गर्दै परिषदले यस्ता समाचार सम्प्रेषण नगर्न नगराउन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : २३ बजे

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग

बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था