युक्रेनी हमलामा १४ रुसी नागरिकको मृत्यु, १०८ जना घाइते « Khabarhub

युक्रेनी हमलामा १४ रुसी नागरिकको मृत्यु, १०८ जना घाइते


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बेलगोरोड– युक्रेनको हमलामा १४ जना रुसी नागरिक मारिएका छन् । रुसी प्रान्तीय राजधानी बेलगोरोडको केन्द्रमा युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको हो ।

सो हमलामा १०८ जना घाइते भएको रूसी आपतकालीन मन्त्रालयले जनाएको छ ।

गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार युक्रेनको सीमाबाट करिब ३० किलोमिटर  (१९ माइल) पर रहेको बेलगोरोडमा भएको सो आक्रमण आवासीय क्षेत्रमा भएको थियो ।  एक टेलिग्राम पोस्टमार्फत उनले सबै बासिन्दाहरूलाई साइरन बज्दा हवाई आक्रमणको आश्रयमा जान आग्रह गरेका थिए ।

बेलगोरोडले युक्रेनको लुहान्स्क, सुमी र खार्किभ क्षेत्रहरूसँग सीमा जोडेको छ । जसमध्ये शुक्रबार युक्रेनमा रूसी हवाई आक्रमणबाट प्रभावित भएका थिए । यो फेब्रुअरी २०२२ मा युद्ध सुरु भए देखिकै सबैभन्दा घातक आक्रमणहरू मध्ये एक थियो। ती आक्रमणहरूमा मर्नेहरूको संख्या बढेर ३९ पुगेको छ।

बेलगोरोड रूसको राजधानी मस्कोबाट करिब ६०० किमी टाढा छ । यो एक फ्रन्ट–लाइन क्षेत्र हो, जसले क्रेमलिनको सशस्त्र सेनालाई युक्रेनतर्फ आक्रमण गर्नको लागि महत्त्वपूर्ण आधारको रूपमा सेवा गरिरहेको छ।

मन्त्रालयले शुक्रबार बेलगोरोड क्षेत्रमा १३ युक्रेनी रकेटहरू ध्वस्त पारेको दाबी समेत गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ४८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको