इमरान खानलाई चुनाव लड्न प्रतिबन्ध « Khabarhub

इमरान खानलाई चुनाव लड्न प्रतिबन्ध


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लाहौर– पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न  नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले खानको उम्मेदवारी अस्वीकार गरेसँगै उनी उम्मेदवार बन्न नपाउने भएका हुन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान निर्वाचन आयोगले शनिबार सो कुराको जानकारी दिएको हो । अधिकारीहरूका अनुसार इमरान खानले चुनाव लड्न दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

७१ वर्षीय इमरान खान सन् २०२२ को अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइए पछि राजनीतिक र कानुनी लडाइँमा फसिरहेका छन्। खानलाई प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सरकारी उपहारहरू अवैध रूपमा बेचेको आरोप लगाइएको छ । जसका लागि उनलाई अगस्टमा तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

खानलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका कारण आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गरेको भएपनि उनले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए ।

इमरान खान पाकिस्तानमा निकै लोकप्रिय छन् । आफूलाई सेनाले चुनावबाट वञ्चित राख्न खोजेको उनको भनाइ छ । यता सेनाले भने उक्त आरोपको खण्डन गरेको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले डिसेम्बर २२ मा इमरान खानलाई देशको गोप्य सूचना चुहावटको मुद्दामा जमानत दिएको थियो। तर, त्यसको एक दिन अगाडि उच्च अदालतले उनको निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी खारेज गर्न अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ४४ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण