स्वास्थ्य बीमा : बीमितलाई सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा रेफर गर्नुपर्ने « Khabarhub

स्वास्थ्य बीमा : बीमितलाई सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा रेफर गर्नुपर्ने


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवासम्बन्धी कार्यविधि जारी गरेको छ ।

शुक्रबार बसेको बोर्ड बैठकले कार्यविधि स्वीकृत गर्दै लागू गर्ने निर्णय गरेको बोर्डले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यस्तै, बैठकले बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेर लागू गर्ने निर्णय गरेको छ ।

आचारसंहितामा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने, दाबी व्यवस्थापन शाखा र सूचना शाखाका कर्मचारीहरूले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाइने भनिएको छ ।

त्यसैगरी, स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजनिक धारणा राख्नुअघि सो विषयसँग सम्बन्धित पदाधिकारीलाई जानकारी गराउनुपर्ने, सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता, आचरण र सामाजिक मर्यादा विपरीतका कार्यहरू गराउन नहुने पनि भनिएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमा तीनै तहका सरकारको आलोचना गर्न, राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरुत्साहन गर्ने तथा राष्ट्र हित विपरीतको कुनै टिप्पणी गर्न वा लाइक गर्न नहुने विषय समेत आचारसंहितामा समेटिएको छ ।

औपचारिक कार्यक्रम समयमै सुरु गर्न, अनौपचारिक कार्यक्रम सञ्चालन गर्दा आधा घण्टाभित्र उद्घाटन र समापन गरिसक्न, बैठकको समय १ घण्टा कायम गर्न, बोर्डमा आएका जुनसुकै फाइलको बारेमा तीन दिनभित्र निर्णय दिन र नसक्ने भए त्यसको कारण खुलाउन भनिएको छ । यस्तै, आचारसंहिता पालन भए÷नभएको अनुगमन नियमित रुपमा स्वास्थ्य बीमा बोर्डले गर्ने बताइएको छ ।

नयाँ कार्यविधि अनुसार अब बीमित सेवाग्राहीलाई प्रेषण (रेफर) गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्नेछ । यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुनःजाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : १९ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार