ऋतिकको डेब्यूले राखेको त्यो विश्व रेकर्ड ! « Khabarhub

ऋतिकको डेब्यूले राखेको त्यो विश्व रेकर्ड !


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले बलिउडमा ‘स्टार किड’ को चर्चा छ भन्दा पनि फरक पर्दैन । अहिले सलमान खान, ऋतिक रोशन, रणवीर कपुर, आलिया भट्ट, अनन्या पाण्डेयालगायतको वरिपरी बलिउड घुमेको छ ।

सन् २०२३ को कुरा गर्ने हो भने शाहरुख खानकी छोरी सुहानालगायत तीन स्टार किडले फिल्म ‘अर्चिज’ बाट डेब्यू गरे । यस फिल्मबाट डेब्यू गर्ने अर्का दुई स्टार किड हुन्– अमिताभ बच्चनका नाति अगस्तय नंदा र नायिका श्रीदेवीको छोरी खुशी कपुर ।

अभिनयमा दख्खल नभए पनि स्टार किडहरुले फिल्मका अफर पाइरहेका हुन्छन् । कोही कलाकारितामै स्थापित हुन्छन् भने केही आएको थाहा हुन्छ फिल्मबाट टाढिएको वास्तै हुँदैन । रणवीर, आलिया, ऋतिक भने आफूलाई कलाकारका रुपमा प्रमाणित गरिसकेका स्टार किड हुन् ।

यद्यपि स्टार किडका लागि बलिउडमा डेब्यू चुट्कीको कुरा जस्तै देखिन्छ । उनीहरुले बलिउडलाई नै भविष्य बनाउने भन्ने कुराचाहिँ अभिनय क्षमताले नै निर्धारण भएको पाइन्छ ।

स्टार किडको सफल डेब्यू

ऋतिक रोशनका बुबा राकेश फिल्म निर्माता र निर्देशक हुन् । ऋतिकले आफ्नै बुबाको निर्देशन रहेको फिल्म ‘कहो ना… प्यार है’बाट सन् २००० मा बलिउडमा डेब्यू गरेका हुन् ।

भारतीय सञ्चार माध्ययम एनडीटीभीका अनुसार ऋतिकको यो फिल्मले सबैभन्दा बढी ९२ वटा अवार्ड जितेर सन् २००२ मा विश्व रकर्डसमेत बनाएको थियो ।

ऋतिकको यो डेब्यू फिल्म त्यस वर्षको सबैभन्दा बढी व्यापार गर्ने फिल्म थियो । दर्शकबाट पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । सोही कारण ऋतिकको डेब्यूलाई बलिउडमा सबैभन्दा सफल मानिन्छ ।

यही फिल्मबाट ऋतिकको दर्शकको मन मात्रै जितेनन् उनले ‘बेस्ट डेब्यू’ र ‘बेस्ट एक्टर’को अवार्ड समेत जिते ।

ऋतिकको यो फिल्मले अमिर खान अभिनित २००१ मा सुपरहिट फिल्म ‘लगान’ को भन्दा ४३ वटा बढी अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ३४ बजे

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका