पुटिनद्वारा रुसी सेनाको प्रशंसा « Khabarhub

पुटिनद्वारा रुसी सेनाको प्रशंसा


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

मस्को – नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार आफ्नो सम्बोधनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाको प्रशंसा गरेका छन् । युक्रेन द्वन्द्वको स्पष्ट उल्लेख नगरी आफ्नो संक्षिप्त सम्बोधनमा उनले ‘एकता’ का लागि आह्वान गरे ।

गत वर्षको विपरीत पुटिनले क्रेमलिनको परम्परागत पृष्ठभूमि अगाडि सन् २०२४ लाई ‘परिवारको वर्ष’ का रूपमा वर्णन गरे । गत वर्षको सम्बोधनमा उनी वर्दीधारी सैनिकले घेरिएका थिए ।

‘हामी सबैभन्दा कठिन कार्यहरूको समाधान गर्न सक्षम छौँ र हामी कहिले पनि पछि हट्ने छैनौँ भनेर हामीले बारम्बार प्रमाणित गरेका छौँ किनकी हामीलाई अलग गर्ने त्यस्तो कुनै शक्ति छैन’, पुटिनले सरकारी टेलिभिजनमा प्रसारित सम्बोधनमा भने, ‘कर्तव्यपथ, सत्य र न्यायको लडाइँमा अग्रपङ्क्तिमा रहेका तपाईँहरू सबै हाम्रा नायक हुनुहुन्छ, हाम्रो हृदय तपाईंसँग छ, हामीलाई तपाईंप्रति गर्व छ, हामी तपाईंको साहसको प्रशंसा गर्छौं ।’

सोभियत नेता लियोनेद ब्रेझनेभले सुरु गरेको परम्परालाई निरन्तरता दिने टेलिभिजनमा नयाँ वर्षको पूर्वसन्ध्यामा दिइने सम्बोधन रुसमा बिदाको मुख्या हिस्सा हो र यसलाई लाखौँले घरमा हेर्ने गर्छन् ।

यो सम्बोधन रुसको ११ टाइमजोनहरूमध्ये प्रत्येकमा आधा रातभन्दा ठीक अघि प्रसारित गरिन्छ र सम्बोधन सामान्यतया गत वर्षको घटनाहरूसँगै आगामी वर्षको शुभकामनाहरूको सारांश हो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : २४ बजे

तामाकोशीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठामडौं- काठमाडौंको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

टोकियो- जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको

दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव

दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ ।

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक,

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक