जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी « Khabarhub

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानको नोतो क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जापानी प्रसारक एनएचकेले जनाएको छ ।

भूकम्प गएसँगै जापानको तटमा १ मिटरसम्म छाल आएको छ भने अझ शक्तिशाली सुनामीको चेतावनीसमेत जारी गरिएको छ । जापानको मौसम विभागले इसिकावा, निगाता र तोयामा प्रिफेक्चरमा सुनामीको चेतावनी जारी गरेको छ ।

त्यसबाहेक सुदूरपूर्वी रुसको भ्लादिभोस्तोक र नाखोद्का सहरमा पनि सुनामी आउनसक्ने चेतवानी दिइएको रोयटर्सले जनाएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलनको काम भइरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले जनाएका छन् । एनएचकेमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानी नागरिकहरुलाई थप धक्काका लागि तयार रहन पनि आग्रह गरेका छन् ।

एनएचकेले सार्वजनिक गरेका भिडियो फुटेजमा भूकम्पले सुजु र कानाजावा सहरमा क्षति पुर्‍याएको देख्न सकिन्छ । इशिकावा क्षेत्रमा तीव्र गतिका रेल सेवा अवरुद्ध भएका छन् भने सञ्चार सम्बन्ध पनि विच्छेद भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार