जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी « Khabarhub

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानको नोतो क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जापानी प्रसारक एनएचकेले जनाएको छ ।

भूकम्प गएसँगै जापानको तटमा १ मिटरसम्म छाल आएको छ भने अझ शक्तिशाली सुनामीको चेतावनीसमेत जारी गरिएको छ । जापानको मौसम विभागले इसिकावा, निगाता र तोयामा प्रिफेक्चरमा सुनामीको चेतावनी जारी गरेको छ ।

त्यसबाहेक सुदूरपूर्वी रुसको भ्लादिभोस्तोक र नाखोद्का सहरमा पनि सुनामी आउनसक्ने चेतवानी दिइएको रोयटर्सले जनाएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलनको काम भइरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले जनाएका छन् । एनएचकेमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानी नागरिकहरुलाई थप धक्काका लागि तयार रहन पनि आग्रह गरेका छन् ।

एनएचकेले सार्वजनिक गरेका भिडियो फुटेजमा भूकम्पले सुजु र कानाजावा सहरमा क्षति पुर्‍याएको देख्न सकिन्छ । इशिकावा क्षेत्रमा तीव्र गतिका रेल सेवा अवरुद्ध भएका छन् भने सञ्चार सम्बन्ध पनि विच्छेद भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको