दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु « Khabarhub

दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रुबाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको थियो।

सोमबार अपराह्न ४ बजे बसको ठक्करबाट दुधरास विद्यालयमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका–१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय अगाडि नै बसले ठक्कर दिएको थियो।

विद्यार्थीको मृत्युपछि स्थानीयले घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन्। विद्यार्थी अभिभावकहरूले अहिले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन्। स्थानीले तोडफोड गर्दा प्रहरीको भ्यानमा समेत क्षति पुगेको छ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ४० बजे

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन