बिर्तामोडमा ट्रमा सेन्टर सञ्चालन « Khabarhub

बिर्तामोडमा ट्रमा सेन्टर सञ्चालन


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

झापा–  ‘हस्पिटल हब’ बनिरहेको बिर्तामोडमा मेरुदण्डको विशेष उपचार हुने स्पाइनेक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर थपिएको छ ।

विर्तामोड–३ भगवान्चोकमा स्थापना भएको १५ शय्याको उक्त अस्पताल आजदेखि सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालक एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रेमबहादुर शाहीले मेरुदण्ड (स्पाइन)सम्बन्धी उपचार गर्ने नेपालकै पहिलो ट्रमा सेन्टर भएको बताएका छन् ।

अस्पतालमा रु ३० करोडको प्रारम्भिक लगानी रहेको जनाउँदै उनले यहाँ हाडजोर्नी, नशा तथा मेरुदण्डसम्बन्धी सबै विशेषज्ञ उपचार सेवा प्रदान गरिने र एक वर्षपछि यसलाई विस्तार गरेर एक सय शय्याको बनाइने जानकारी दिए।

सडक दुर्घटना हुँदा हाडजोर्नीको क्षतिदर उच्च हुने र त्यसको तत्काल विशेषज्ञ उपचार सेवा उपलब्ध भएमा जीवन बचाउन सकिने सम्भावना भएकाले सुपरस्पेसलिटी अस्पतालको आवश्यकता भएको उनले बताए । अस्पतालमा गुणस्तरीय र सर्वसाधारणको सहज पहुँच पुग्नेगरि सुलभ उपचार सेवा दिइने बताइएको छ ।

अस्पतालका मेरुदण्ड विशेषज्ञ डा गौरव ढकालले हाडजोर्नी तथा मेरुदण्डको उपचारका लागि अब भारत धाउनु नपर्ने सुनाए । अस्पतालले कि–होल सर्जरी, जोर्नी प्रत्यारोपण, कम्प्लेक्स ट्रमा सर्जरी, बोन बायोप्सी, छिनेको हातखुट्टा जोड्ने उपचार, सिटिस्क्यान, अत्याधुनिक ल्याब, क्याबिनसहितको डे–केयर सर्जिकल मेडिकल वार्ड लगायतको उपचार सेवा तथा सुविधा प्रदान गर्ने भएको छ ।

झापाको बिर्तामोडमा यसअघि निजी क्षेत्रबाट स्थापना भएका एक दर्जन सुविधासम्पन्न अस्पताल सञ्चालनमा रहेका छन् । बिएन्डबी टिचिङ हस्पिटल, पूर्णटुंग बिर्तासिटी हस्पिटल, मनमोहन सामुदायिक अस्पताल, कनकाई अस्पताल, कञ्चनजङ्घा अस्पताल, सञ्जीवनी अस्पताल, मेची आँखा अस्पताल, विर्ता आँखा अस्पताल, दृष्टि आँखा अस्पताललगायतका अस्पतालले झापा जिल्लामात्र नभएर कोशी प्रदेशका विभिन्न पहाडी जिल्ला र भारतबाट आउने बिरामीको आधुनिक प्रविधियुक्त चिकित्सा सेवा प्रदान गरिरहेका छन् ।

बिर्तामोडमा निजी क्षेत्रबाटै कोशी प्रदेशकै पहिलो क्यान्सर अस्पताल पनि सञ्चालनमा रहेको छ । यहाँको पूर्वाञ्चल क्यान्सर अस्पतालले मुलुकभरका क्यान्सर बिरामीलाई अत्याधुनिक उपचार सेवा प्रदान गरिरहेको छ । 

एक दशकअघिसम्म पूर्वी नेपालका अधिकांश बिरामी विशेषज्ञ उपचार सेवा लिनका लागि भारतको सिलिगुढी, दिल्ली, पटना, कोलकाता र मुम्बइ जाने गर्दथे । अत्याधुनिक सुविधायुक्त अस्पताल नेपालमै सञ्चालनमा आएपछि भारतमा उपचारका लागि जाने प्रचलन अहिले हटेको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : २५ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड