चितवनका तीन पालिकाको माटोमा अम्लियपना उच्च « Khabarhub

चितवनका तीन पालिकाको माटोमा अम्लियपना उच्च


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो ।

गत मङ्सिर २७ गतेदेखि तीन दिन लगाएर यस क्षेत्रका एक हजार ५० ठाउँको माटोको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । परियोजनाका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार माटोको नमूना परीक्षणका क्रममा माटोमा नाइट्रोजन, फसफोरस र पोटासको कमी भएको पाइएको छ भने अधिकांशमा अम्लियपना भएको पाइएको छ ।

उनले भने, ‘खाद्य तत्व कमी भएको माटोमा रासायनिक मलको मात्रा घटाउन सिफारिस गरिएको छ । अम्लियपनाको आधारमा चुन र प्राङ्गारिक पदार्थको कमी भएको आधारमा प्राङ्गारिक मलको मात्रा बढाउन सिफारिस गरिएको छ ।’

उनका अनुसार जोनअन्तर्गत आठ हजार पाँच सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यहाँ उत्पादन र उत्पादकत्वमा वृद्धि नभए पछि माटो परीक्षण गरिएको हो ।

गत वर्ष सो क्षेत्रफलमा ३९ हजार आठ सय ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । यो प्रतिहेक्टर ५ दशमलब २ मेट्रिकटन उत्पादकत्व हो । यस वर्ष पनि सोही अनुपातमा धान उत्पादन भएपछि माटो परीक्षण गरिएको उनले बताए । उनले भने, ‘धान उत्पादनमा १० प्रतिशतले वृद्धि हुनुपर्ने हो, तर हुन सकेन । कारणको खोजीका लागि माटो परीक्षण गरेर सोहीअनुसार सिफारिस गरेका छौँ ।’

जोनमा लगाइएको धानमा नेक व्लाष्ट (घाँटी मरुवा), सित व्लाइट, कालोपोके, गवारो जस्ता समस्या देखापरेको थियो । जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ । अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘धान जोन क्षेत्रमा सुरुवाती वर्ष उत्पादकत्व ३ दशमलब ६ मेट्रिकटनप्रति हेक्टर रहेको थियो ।’ धान जोनका रुपमा पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका बिशेष रहेका छन् । ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : ३० बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण