माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै, रुपान्तरण अभियानबारे जानकारी गराउने « Khabarhub

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै, रुपान्तरण अभियानबारे जानकारी गराउने


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने भएको छ । माओवादीले भदौ १६ गतेदेखि सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ का उपलब्धीबारे जानकारी गराउन आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो ।

माओवादीले पार्टीलाई रूपान्तरण गर्ने उद्देश्यले भदौ १६ गतेदेखि देशभरका ६ हजार ७३४ वडामा हिजोसम्म चार महिने अभियान सञ्चालन गरेको थियो ।

अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेता कार्यकर्ता गाउँगाउँमा खटिएका थिए । चार महिनासम्म सञ्चालित उक्त अभियानको हिजो सात सय ५३ पालिकामा बृहत् जनपरिचालनसहित समापन गरिएको थियो ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराउने लक्ष्य राखिएको थियो ।

अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिएको थियो ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया तथा तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिएको माओवादीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : ४० बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको