राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको विषयमा धरानमा पाँच दल र हर्कबीच छलफल   « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको विषयमा धरानमा पाँच दल र हर्कबीच छलफल  


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धरान उपमहानगरपालिकाकामा नेताहरू राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर पुगेका छन् । त्यसपछि अहिले पाँच दल र हर्क साम्पाङबीच छलफल भइरहेको छ । 

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए ।  

धरान उपमहानगरका मेयर हर्क साम्पाङले १२ गते संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका थिए 

कुनै घटना हुन नदिन  उपमहानगरको मूल गेटमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । साम्पाङको कार्यकक्षमा अहिले पाँच दल र साम्पाङ बसेर छलफल भइरहेको पुष्टि साम्पाङको सचिवालयका सदस्य सुदर्शन लिम्बुले बताएका छन्  ।

मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको तस्बिर राखेका छन् ।

मेयरले २० पुसमा मनाउने धरान डे मा प्रधानमन्त्री आउनुपर्ने माग राखेका छन् । यसो नभए उनले राखेको अडान कायम हुने बताइएको छ । दलहरु यो कुरा मिलाउँन तयार देखिएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ३९ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण