काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित « Khabarhub

काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् । 

मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् । छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको मेयरको सचिवालय स्रोतले जनाएको छ । 

महानगरपालिका स्रोतका अनुसार महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशंका छ ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी समेत यो प्रकरणमा जोडिएपछि मेयर शाह आफैँले यसको छानबिन थालेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ४७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६