संसदको अवरोध हटाउन सभामुख महराले बोलाए सर्वदलीय बैठक « Khabarhub

संसदको अवरोध हटाउन सभामुख महराले बोलाए सर्वदलीय बैठक


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्णबहादुर महराले बिहीबार मध्याह्न १२ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल राष्ट्रिय जनता पार्टीले लगातारजसो संसद अवरोध गरेपछि सभामुख महराले बिहीबारका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

सभामुख महराले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेता÷उपनेता सहित प्रमुख सचेतकहरुलाई बोलाएर सहमति खोजिने बताए ।

बुधबार कांग्रेस र राजपाले अवरोध गरेपछि संसद बैठक अवरोध भएपछि आफ्ना च्याम्बरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख महराले बिहीबार १२ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

सभामुख महराले संसदमा भइरहेको अवरोध र बैठक सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि परामर्श लिइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : ३१ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण