जापान एयरलाइन्सको विमानमा आगलागी « Khabarhub

जापान एयरलाइन्सको विमानमा आगलागी


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा मंगलबार कोस्ट गार्डको विमानसँग ठोक्किएपछि जापान एयरलाइन्सको विमानमा आगलागी भएको  छ ।

एयरबस विमानमा रहेका सबै ३६७ यात्रु र १२ जना चालक दलका सदस्यलाई बाहिर निकालिएको एनएचकेले जनाएको छ। क्योडो न्यूज रिपोर्टका अनुसार जहाजमा आठ बालबालिका पनि थिए।

तटरक्षक विमानमा रहेका ६ जना चालक दलका सदस्यमध्ये एकजना सकुशल रहेको एनएचकेले जनाएको छ तर अन्य पाँचजना बेपत्ता छन्।

घटनाको कारण तत्काल स्पष्ट हुन सकेको छैन। जिजी समाचार एजेन्सीका अनुसार सोमबार मध्य जापानमा गएको शक्तिशाली भूकम्पपछि उद्धार कार्यमा सहयोग गर्न कोस्ट गार्डको विमान प्रस्थान गर्ने तय भएको थियो।

विमान उत्तरी जापानी टापु होक्काइडोमा रहेको सापोरो एयरपोर्टबाट भर्खरै आइपुगेको बताइएको छ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ११ बजे

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

राजश्व कार्यालय तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष (आव)२०८२–८३ मा

झापा र पूर्वी पहाडी जिल्लामा १४ किलोमिटर बढी तटबन्ध निर्माण

झापा– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२–८३

विवाद, राजनीति र व्यापारका बीच सकियो विश्वकप: भर्डेको चमत्कारदेखि ट्रम्पको हस्तक्षेपसम्म

काठमाडौँ – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिका, मेक्सिको र क्यानडाले

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका