जापान एयरलाइन्सको विमानमा आगलागी « Khabarhub

जापान एयरलाइन्सको विमानमा आगलागी


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा मंगलबार कोस्ट गार्डको विमानसँग ठोक्किएपछि जापान एयरलाइन्सको विमानमा आगलागी भएको  छ ।

एयरबस विमानमा रहेका सबै ३६७ यात्रु र १२ जना चालक दलका सदस्यलाई बाहिर निकालिएको एनएचकेले जनाएको छ। क्योडो न्यूज रिपोर्टका अनुसार जहाजमा आठ बालबालिका पनि थिए।

तटरक्षक विमानमा रहेका ६ जना चालक दलका सदस्यमध्ये एकजना सकुशल रहेको एनएचकेले जनाएको छ तर अन्य पाँचजना बेपत्ता छन्।

घटनाको कारण तत्काल स्पष्ट हुन सकेको छैन। जिजी समाचार एजेन्सीका अनुसार सोमबार मध्य जापानमा गएको शक्तिशाली भूकम्पपछि उद्धार कार्यमा सहयोग गर्न कोस्ट गार्डको विमान प्रस्थान गर्ने तय भएको थियो।

विमान उत्तरी जापानी टापु होक्काइडोमा रहेको सापोरो एयरपोर्टबाट भर्खरै आइपुगेको बताइएको छ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ११ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम