लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी | Khabarhub Khabarhub

लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले हालका दिनमा लागू पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मंगलबार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक हो । 

आधिकारिक आइआरएनए समाचार समितिका अनुसार हेरोइन र अफिम खरिद गर्ने तथा ओसारपसार गरेको अभियोगमा उत्तरपश्चिमी प्रान्त अर्दबिलको एक कारागारमा तीन जनालाई फाँसी दिइएको छ । अन्य छ जनालाई मेथामफेटामाइन, हेरोइन र भाङ तस्करी गरेको आरोपमा छुट्टाछुट्टै फाँसी दिइएको छ । 

इरान अफगानिस्तान र युरोपबीचको प्रमुख अफिम तस्करी मार्गमा अवस्थित छ र घरेलु अफिमको प्रयोग दर विश्वमा सबैभन्दा धेरै छ । सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घ कार्यालय अन ड्रग्स एन्ड क्राइम (युएनओडिसी) ले उद्धृत गरेको आँकडाले इरानमा २८ लाख मानिसमा लागूपदार्थको समस्या रहेको बताएको छ । 

इरानी अधिकारीहरूले लागूपदार्थको दुरुपयोग र तस्करीसँग लड्नका लागि धेरै अभियान सुरु गरेका छन् र नियमितरूपमा छिमेकी अफगानिस्तानबाट तस्करी गरेर ल्याइएका अफिमहरूको ठूलो बरामदको घोषणा गर्दछन् । 

इरानी अधिकारीहरूले सन् २०२३ को पहिलो पाँच महिनामा लागूपदार्थसँग सम्बन्धित अपराधका कम्तीमा एक सय ७३ दोषीलाई फाँसी दिएको जुनमा एमनेस्टी इन्टरनेसनलले बताएको थियो । उक्त आँकडा सो अवधिमा इरानमा सबै फाँसीको सजायको करिब दुई तिहाइ भएको बताइएको छ । 

इरानले सम्पूर्ण कानूनी कारवाहीपछि मात्र फाँसी दिइने बताएको छ । उसका अनुसार लागूपदार्थको तस्करीविरुद्ध मृत्युदण्ड आवश्यक निवारण हो । एमनेस्टीका अनुसार इरानले चीनबाहेक कुनै पनि अन्य मुलुकको तुलनामा प्रतिवर्ष सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिन्छ । 

इरानले सन् २०२३ मा सात सयभन्दा धेरैलाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले नोभेम्बरमा बताएको थियो । उक्त आँकडा आठ वर्षमा सबैभन्दा धेरै हो । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : ३८ बजे

धर्मसँग मानवीय भावनालाई जोडौँ : अध्यक्ष ढकाल

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदिक सनातन

प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

नयाँ दिल्ली- एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउदा

सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

बनेपा– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु

माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक

काठमाडौं– हलिउड पप संगीतका महानायक माइकल ज्याक्सनको जीवन र करियरमा

कीर्तिपुरका किसानलाई धान सुकाउने चटारो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारो परेको छ । जेठको अन्तिम