महानगरपालिकाको गेटमा नि: शुल्क मेक अप ! « Khabarhub

महानगरपालिकाको गेटमा नि: शुल्क मेक अप !


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’

सबै व्यस्त थिए, महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र अनुहारमा मेकअप गरिरहेका थिए । सेवाग्राही महिलाको हातमा नेलपोलिस, आइस्याडो, लिपिस्टिक लगाउने तरिकाबारे जापानी युवतीले बताइरहेकी थिइन् । सहजकर्ताका रूपमा रहेका थिए, केही नेपाली बोल्न जान्ने जापानी योहासिमतो ।

केही सेवाग्राही भने त्यो दृश्यले निकै अचम्म मानेर हेरिरहेका थिए । महानगर जस्तो व्यस्त ठाउँमा मेकअपको सामान फिजाएर निःशुल्क मेकअप गर्दै बस्नुको अर्थ धेरैले भेउ पाएनन् । काममा आउनेहरु केही बेरको दृश्य हेरेर फर्के भने केहीले निःशुल्क मेकअपमा सहभागी पनि जुटाए ।

साउनको महिना भएकाले अधिकांशले हातमा मेहन्दी लगाइरहेका थिए । “साउनको महिना आज कामले महानगर आएको मेकअप गर्ने कार्यक्रम रहेछ”, पोखरा–१७ बस्ने उमा सुवेदीले भनिन् “निःशुल्क मेहन्दी लगाइदिन्छौँ भन्नुभयो लगाएँ ।”

केही सेवाग्राहीले भने गुनासो गरिरहेका थिए । ‘महानगर जस्तो ठाउँमा यसरी मूल ढोकामा मेकअप गर्नुको औचित्य के हो ? यसले कस्तो सन्देश दिन खोजेको हो ?’ महानगर मूल ढोकामा भएको यो गतिविधि राम्रो नलागेको एक पुरुष सेवाग्राहीले प्रतिक्रिया दिए ।

महानगरका उपप्रमुख मञ्जु गुरुङले भने जाइकामा कार्यरत जापानी सौन्दर्यकर्मीले सौन्दर्यकलाका बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगरमा पनि ठाउँ मागेकाले उपलब्ध गराएको बताइन्। “खासै विशेष कार्यक्रम केही होइन, एक जापानी सौन्दयकर्मी युवतीले सामान्यतः मेकअप कसरी गर्ने र यसले महिलाको सौन्दर्य र आत्मविश्वासमा कस्तो प्रभाव पार्छ भनेर सिकाउनका लागि ठाउँ माग्नुभयो हामीले उपलब्ध गराएका हौँ ।” यसले महिलालाई मेकअपका बारेमा जानकारी दिन सहयोग पुर्‍याएको उनको भनाइ थियो ।

सौन्दर्यकलाको विद्यार्थी २२ वर्षीया युरिकाले एक महिनाको बसाइमा आफ्नो सीपलाई अरूसमक्ष पुर्‍याउने प्रयास गरेको बताइन् । “जापानी मेकअपका बारेमा नेपालमा जानकारी दिने उद्देश्य र नेपाली महिलामा मेकअपको महत्व र यसले महिलाको जीवनमा ल्याउने सकारात्मक कुराहरुका बारेमा जानकारी दिन निःशुल्क मेकअप गरेकी हूँ ।” यो आफ्नो रहर र पेशा दुवै भएको उनको भनाइ थियो ।

युरिका शिवायामासहित गुरुङ ब्युटी एकेडेमी न्युरोड पोखराका चार प्रशिक्षार्थीहरुले दिउँसो १ देखि ४ बजेसम्म सेवाग्राही महिलालाई मेकअप गराइदिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ३ : ४४ बजे

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी