प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि कोशीसामु १ सय १५ रनको लक्ष्य « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि कोशीसामु १ सय १५ रनको लक्ष्य


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि नेपाल एपीएफ क्लबले कोशी प्रदेश सामु १ सय १५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाएको छ ।

एपीएफकी इन्दु बर्माले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेलिन् । यस्तै, ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाए ।

कोशीकी अप्सरी बेगमले सर्वाधिक तीन विकेट लिइन् । यस्तै, एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १२ : ५९ बजे

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो