प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि कोशीसामु १ सय १५ रनको लक्ष्य « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि कोशीसामु १ सय १५ रनको लक्ष्य


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि नेपाल एपीएफ क्लबले कोशी प्रदेश सामु १ सय १५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाएको छ ।

एपीएफकी इन्दु बर्माले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेलिन् । यस्तै, ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाए ।

कोशीकी अप्सरी बेगमले सर्वाधिक तीन विकेट लिइन् । यस्तै, एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १२ : ५९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब