जंगली जनावरबाट बालीनाली जोगाउनै मुस्किल | Khabarhub Khabarhub

जंगली जनावरबाट बालीनाली जोगाउनै मुस्किल


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जंगली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जंगलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन  राति जाग्राम बस्न बाध्य भएका हुन् ।

पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न गाउँका किसान जंगली जनावरबाट पीडित भएका छन् ।

वनजङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालुलगायतका जंगली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउनका लागि जाग्राम बस्न बाध्य भएको ठोरीका रञ्जित श्रेष्ठले बताएका छन् । राष्ट्रिय वनमा घेराबार नहुँदा दिनहुँ जङ्गली जनावरले बालीनली नष्ट गर्ने  गरेको उनको भनाइ छ । 

जंगली जनावरबाट बालीनाली जोगाउन मचान बनाएर राति निगरानी गर्दै आएको जिराभवानीका शंकर महतो बताउँछन् । रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटाका पड्काउने, टिन ठटाउने र होहल्ला गर्ने गरेको उनले बताए । बर्सेनि जंगली जनावरले बालीनालीमा क्षति पुर्याउने गरेपनि आफूहरूको समस्या समाधानका लागि स्थानीय सरकार, डिभिजन वन कार्यालयले कुनै सुनुवाइ नगरेको किसानको गुनासो छ ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दासले वनजङ्गल आसपास क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउँदै आएकाले समस्या समाधानका लागि पहल गरिरहेको बताए । बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जंगली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठूलो खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : ०३ बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि