देवघाटको पर्यटन विकासमा अध्यक्ष तिमिल्सिनाले सघाउने « Khabarhub

देवघाटको पर्यटन विकासमा अध्यक्ष तिमिल्सिनाले सघाउने


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवघाटधामको धार्मिक तथा पर्यापर्यटनको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देवघाट गाउँपालिका–५ कालीमाटीस्थित जगन्नाथ शान्ति कुञ्जको अवलोकनपपछि अध्यक्ष तिमिल्सिनाले देवघाट देशकै प्रमुख धार्मिक तथा पर्यापर्यटनका लागि महत्वपूर्ण स्थान भएकाले यसको विकास र प्रचारप्रसारका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

उनले भने, “देवघाटधाममा विश्वमा प्रसिद्ध छ । यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्दछु ।”

देवघाटमा धार्मिक पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको हुँदा यी विषयमा सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने र देवघाट जोड्ने विभिन्न ठाउँमा मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ३० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४