वीरेन्द्रनगरमा फोहरबाट ग्यास उत्पादन | Khabarhub Khabarhub

वीरेन्द्रनगरमा फोहरबाट ग्यास उत्पादन


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहोरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो ।

वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहोरलाई मोहरका रुपमा रूपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै फोहरलाई संकलन गरी ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको उनले जानकारी दिए ।

१४ करोड रुपैयाँ लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरी ग्यास र जैविक मल उत्पादन सुरु गरिएको ढकालको भनाइ छ । सो रकममध्ये पाँच करोड विश्व बैंकको सहयोग छ । अहिले तरकारी पसलबाट निस्कने फोहोर संकलन गर्ने गरिएको जनाउँदै ढकालले अब प्रत्येक घरघरबाट निस्कने फोहोर संकलन गरी प्रयोग गरिने योजना रहेको जानकारी दिए ।

ग्यास उद्योग प्लान्टबाट अहिले दैनिक सात सय २० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ । उत्पादित ग्यास खाना पकाउनेसहित सवारी साधन सञ्चालनको लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको खपतसमेत घट्ने सञ्चालक ढकालको  भनाइ छ । गत जेठबाट ग्यास र जैविक मल उत्पादन सुरु भएको जनाइएको छ । 

उनले भने, ‘यो ग्यास उत्पादनले सरकारलाई सहयोग पुग्नेछ । पहिलो कुरा रासायनिक मलको प्रयोगलाई घटाउने र त्यसमा दिने अनुदान हामीले उत्पादन गर्ने जैविक मलमा दिनुपर्छ, जसले गर्दा एकातिर अर्गानिक उत्पादन पनि बढ्छ भने अर्कोतर्फ हामीले फोहरबाट ग्यास पनि उत्पादन गरिरहेका छौँ,’ उनले भने, ‘यो ग्यासले खाना पकाउने मात्रै नभई सवारी साधन चलाउन पनि हुने भएकाले राज्यको वार्षिक १८ करोड रकम जोगिन्छ ।’

ग्यास प्लान्ट उद्योगले वातावरणलाई समेत सन्तुलन राख्ने उनको भनाइ छ । ग्यास र जैविक मल उत्पादन गरिरहेको यो उद्योगमा अहिले १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उत्पादित ग्यास १४० किलो र मल २५ रुपैयाँ किलोका दरले बिक्री हुँदै आएको छ ।

ढकालले व्यक्तिगत लगानीमा सञ्चालन गरेको ग्यास र जैविक उत्पादन उद्योग सञ्चालनको लागि सरकारबाट सहयोग पाउन नसकेको गुनासो गरेका छन् । उनले सरकारले गर्नुपर्ने लगानी व्यक्तिले गर्दा पनि सरकारले सहयोग नपाएको बताए । 

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ८ : ४६ बजे

बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेमाथि कारबाही गर्न शेखरको माग

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै समूहका नेताहरूले

एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’

काठमाडौं– एलजी नेपालले ग्लोबल इनोवेसनको अवधारणा एफेक्सनेट ‘इन्टेलिजेन्स’ लाई दुईदिने कार्यक्रममार्फत

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

दमौली– जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै

युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड

काठमाडौं– सरोकारवालाहरुले युवा लक्षित लगानी वृद्धि, युवा तथा जलवायुमैत्री स्थानीय