निर्वाचन अगावै टीआरसी विधेयक टुंग्याए एमालेले राष्ट्रियसभामा ६ सिट पाउने « Khabarhub

निर्वाचन अगावै टीआरसी विधेयक टुंग्याए एमालेले राष्ट्रियसभामा ६ सिट पाउने


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल गर्न बसेको गठबन्धनको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँड गर्ने विषयमा पनि छलफल भएको थियो ।

एमालेलाई राष्ट्रियसभा निर्वाचनमा सँगै लैजाने विषयमा बैठकमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचन अगाडि नै टीआरसी विधेयक टुङ्गोमा पुर्‍याउने गरी सैद्धान्तिक सहमति भए मात्र एमालेसँग सहकार्य हुनसक्ने आफूहरूको अडान राखेको उनले जानकारी दिए ।

एमालेले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलसँग ६ सिट मागेको छ ।

एमालेलाई सिट बाँडफाँड गर्ने विषयमा माधव नेपाल भने सकारात्मक नदेखिएको बुझिएको छ । नेपाल एमालेलाई सिट दिने विषयमा छलफल गर्न नसकिने भन्दै बैठक छाडेर हिँडेका थिए ।

गठबन्धन दलको बैठक फेरी बसेर यो विषय टुङ्गोमा पुर्‍याउने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

आजै बेलुका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने तयारी छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १२ : १२ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई