नेपाल प्रेस युनियनले ५ दिने पत्रकारिता तालिम सञ्चालन गर्ने | Khabarhub Khabarhub

नेपाल प्रेस युनियनले ५ दिने पत्रकारिता तालिम सञ्चालन गर्ने


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष २०८० अन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ । युनियनको केन्द्रीय प्रशिक्षण विभागको प्रथम बैठकले केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी एवं सदस्यका लागि संगठन, नेतृत्व विकास एवं क्षमता अभिवृद्धिको प्रशिक्षक प्रशिक्षणसहितका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रशिक्षण विभागका प्रमुख एवं युनियनका उपाध्यक्ष नकुल अर्यालको अध्यक्षतामा बसेको बैठकले माघ पहिलो साता ५ दिने विशिष्टीकृत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै युनियनको केन्द्रीय कार्यालयमा साप्ताहिक रुपमा प्रशिक्षणात्मक अन्तरक्रिया श्रृखंला सञ्चालन गर्ने निर्णय भएको विभागका प्रमुख अर्यालले जानकारी दिए ।

‘केन्द्रीय समिति र प्रदेश समितिलाई संगठन, नेतृत्व विकास र क्षमता अभिवृद्धिबारे विशेष प्रशिक्षण दिनेछौं । क्रियाशील पत्रकारहरूका लागि ५ दिने विशिष्टीकृत तालिम तत्काल सञ्चालन गर्छौ भने साप्ताहिक रुपमा युनियन केन्द्रीय कार्यालयमा प्रशिक्षणात्मक अन्तरक्रिया आयोजना हुनेछ’, अर्यालले भने । 

विभागले घोषणा गरेका कार्यक्रमहरूले नेपाल प्रेस युनियनले घोषणा गरेको प्रशिक्षण वर्ष सफल पार्न र अलोकतन्त्रवादी पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने अर्यालको भनाई छ । प्रशिक्षण कार्यक्रमहरू युनियनको प्रदेश समिति र शाखासँग समन्वय गरेर नियमित सञ्चालन गरिनेछ ।

बैठकमा उपस्थित युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले युनियन आवद्ध देशभरका पत्रकारले क्षमता अभिवृद्धिको अवसर पाउनेगरी कार्यक्रम सञ्चालन गर्न विभागलाई निर्देशन दिए । युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षण, सूचनाको हक प्रबर्द्धन, सुशासन एवं पारदर्शिता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गर्न प्रशिक्षण कार्यक्रमहरू सफल हुने विश्वास लिएको छ ।

प्रशिक्षण विभागले स्थानीय आवश्यकता अनुसारको प्रशिक्षण कार्यक्रमको खाका बनाउन सबै शाखासँग अन्तरक्रिया र सुझाव संकलन गर्ने निर्णयसमेत गरेको छ । जिल्ला शाखाहरुससँगको समन्वयमा हरेक शाखामा कम्तीमा १ प्रशिक्षण सञ्चालन गर्ने निर्णय विभागले गरेको छ ।

 युनियनको प्रशिक्षण विभागमा वरिष्ठ पत्रकारहरू प्रकाश रिमाल, शालीक सुवेदी, शिरोमणि ढुंगाना, मनोज जोशी, उपमहासचिव रवीन्द्र सुवेदी, सचिव खगेन्द्र भण्डारी र केन्द्रीय सदस्य सविना पौडेल रहेकी छिन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ४ : २९ बजे

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित