जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो, ५१ बेपत्ता « Khabarhub

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो, ५१ बेपत्ता


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण  ७८ जनाको मृत्यु हुनुका साथै  ५१ जना अझै बेपत्ता भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन् ।

जापानको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उनले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्वपूर्ण रहने तथा त्यस पछि बाँच्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन् । प्रभावित तटीय सहर वाजिमामा धेरै मानिस अझै पनि भग्नावशेषमा फसेको विश्वास गरिएको छ । वाजिमामा हालसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको जापानको समाचार संस्था क्योदोले जनाएको छ ।

रिपोर्टअनुसार वाजिमाको तटमा विपद् सफाइ कार्यको लागि एउटा जहाज खटाइएको छ । भग्नावशेष र अवरूद्ध सडकहरूका कारण खोजी तथा उद्धार कार्यमा चुनौती थपिएको छ । शक्तिशाली भूकम्पको तीन दिनपछि इशिकावा र वरपरका क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो । 

भूकम्पपछि सुनामीले इशिकावाको सय हेक्टर क्षेत्र डुबानमा परेको र बाढीको प्रभाव अझ ठूलो हुने भूमि मन्त्रालयले जनाएको छ ।

इशिकावाको नोटो क्षेत्रमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पलाई जापान मौसम विज्ञानसम्बन्धी निकायले आधिकारिक रूपमा नोटो प्रायद्वीप भूकम्प २०२४ नाम दिएको छ ।

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ५ : ४८ बजे

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

सिमिकोट– हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई

पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र