पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनद्वारा शोक व्यक्त « Khabarhub

पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनद्वारा शोक व्यक्त


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनले शोक व्यक्त  गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार पाकिस्तानका पूर्व विदेशमन्त्री सरताज अजिजको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चीन-पाकिस्तान सम्बन्धमा उनको उल्लेखनीय योगदानको प्रशंसा गरेका छन् ।

पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार समेत रहनु भएका अजिजको मङ्गलबार इस्लामावादमा निधन भएको थियो।

प्रवक्ता वाङले अजिजले पाकिस्तानको समृद्धिप्रति समर्पित रहेको, चीन-पाकिस्तान सम्बन्धलाई प्रवर्द्धन गर्न कडा मिहिनेत र जोशका साथ काम गरेको र चीनको लागि उत्कृष्ट योगदान दिएको बताएका छन्।

पाकिस्तान मैत्री सहयोग, विशेष गरी चीन-पाकिस्तान आर्थिक करिडोरको सुरुवात र निर्माणका निम्ति पनि उनको उल्लेख्य योगदान रहेको छ ।   

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ६ : ३० बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता

टोकियो– जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्