संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण भूमिका दिएको छ : मन्त्री देवी « Khabarhub

संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण भूमिका दिएको छ : मन्त्री देवी


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संविधानले स्थानीय तहलाई दिएका जिम्मेवारी र भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम समन्वय एकाइ बबरमहल काठमाडौँद्वारा आज पोखरामा आयोजित असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण खम्बाका रुपमा लिएको बताइन् ।

स्थानीय तहलाई संविधानले कतिपय एकल अधिकार दिएको उल्लेख गर्दै मन्त्री देवीले प्राप्त अधिकारको उपयोग गरी विकास, निर्माणका काममा प्रभावकारी रुपमा अघि बढ्दै समृद्धिको यात्रातर्फ लाग्नुपर्ने बताइन् । स्थानीय तहले एकआपसमा गरेका असल अभ्यासबारे छलफल एवं अन्तरक्रिया गर्दै अघि बढ्न सकेमा जनताको अपेक्षा अनुसारका कामले निरन्तरता पाउने उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहबीच नङमासुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिँदै मन्त्री देवीले असल सम्बन्धबाट कामको प्रभावकारिता बढ्ने धारणा राखिन् ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले एकले गरेका असल अभ्यास अर्काका लागि अनुकरणीय हुने बताइन् । काम गर्ने क्रममा विविध समस्या तथा कानुनी अप्ठ्यारा आउने भन्दै कानुनको आवश्यकता, महत्त्वलगायत विषयमा समीक्षा गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ८ : १२ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल