अस्ट्रेलियाले उद्योगका फोहोरबाट सडक बनाउँदै « Khabarhub

अस्ट्रेलियाले उद्योगका फोहोरबाट सडक बनाउँदै


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बढ्दो प्रदुषणले विश्वका लागि चुनौती थपिँदै गएको छ । एक रिपोर्टका अनुसार कंक्रिटबाट बन्ने सडकहरुका कारण सात प्रतिशत हरित गृह उत्सर्जन हुने गर्छ ।

भावी पिडीका लागि वातावरणलाई सुरक्षित राख्न पछिल्लो समय विश्वका हरेक देश हरित गृह उत्सर्जनको स्तर घटाउने प्रयासमा जुटिरहेका छन् ।

यही प्रयासअन्तर्गत अस्ट्रेलियामा भने विश्वकै पहिलो पटक उद्योगबाट निस्कने फोहोरबाट सकड निर्माणको तयारी भइरहेको छ ।

कोइलाबाट चल्ने विद्युतीय संयन्त्र तथा स्टिल उत्पादन गर्ने उद्योगबाट निस्कने फोहोर प्रयोग गरी अस्ट्रेलियाको सिड्नीमा सडक निर्माणको तयारी भइरहेको हो । यसको मुख्य उद्देश्य भनेको कंक्रिटबाट बन्ने सडकका कारण हरित गृह ग्यासको वृद्धिले वातावरणमा पर्दै गएको प्रभावलाई कम गर्नु हो ।

स्कुल अफ सिभिल एण्ड इन्भाइरोमेन्टल इन्जिनियरिङ्गका प्रमुख स्टिफन फास्टरका अनुसार औद्योगिक फोहोरबाट निर्माण हुने सडकलाई आगामी पाँच वर्षसम्म निगरानी गरिने छ । शुरुमा ३ देखि १२ महिनाको अवधिमा यो सडकको क्षमताबारे जानकारी प्राप्त हुने र त्यसैको आधारमा थप सुधार तथा परिवर्तन गरिने छ ।

कार्बन उत्सर्जन सम्बन्धी एक अध्ययनअनुसार सन् २०१८ मा विश्वभरमा ४ दशमलब १ बिलियन टन सिमेन्ट उत्पादन भएको थियो । यसबाट करिब ३ दशमलब ५ बिलियन कार्बनडाई अक्साइड उत्सर्जन भएको थियो ।

संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नीति निर्माता तथा पर्यावरणविदहरुले सन् २०३० सम्ममा सिमेन्टबाट उत्पादन हुने कार्बन उत्सर्जन १६ प्रतिशतभन्दा कम गर्ने लक्ष्य लिएका थिए ।

यही विषयलाई मध्यनजर गर्दै अस्ट्रेलियाले कंक्रिट सडकको स्थानमा फोहोरबाट सडक निर्माण गर्ने र प्रदुषण तथा हरित गृह ग्यास उत्सर्जन घटाउने उद्देश्य लिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : ३० बजे

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,