जन्मदिनमा के गर्ने, के नगर्ने ? « Khabarhub

जन्मदिनमा के गर्ने, के नगर्ने ?


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

जन्मदिन हामी सबैको खास हुन्छ । पछिल्लो समय जन्मदिन केक काटेर मनाउने प्रचलन बढेको छ । जन्मदिनमा ज्योतिषशास्त्रले पनि केही काम गर्नुलाई निकै राम्रो मानेको छ र केही कामलाई नराम्रो पनि मानेको छ । 

ज्योतिषशास्त्रले जन्मदिनमा गरिब दुखीको सेवा गर्नु निकै राम्रो मानेको छ । जन्मदिनमा हत्या हिंसा त्यागी गरिब दुखीको सेवा गर्न सकिन्छ। 

यही मान्यताअनुसार होला धेरै मान्छेले जन्मदिनको दिन गरिब दुखी वृद्ध तथा बालबालिकालाई खाना खुवाउने गरेको, विभिन्न वृद्धाश्रम अनाथालयमा गएर आफ्नो जन्मदिन मनाएको हामीले देखीरहेका पनि हुन्छौँ ।  

यस दिन पूजा गर्नु र नवग्रह शान्ति गराउँदा राम्रो हुने पनि मान्यता रहेको छ । 

 जन्मदिनमा गर्न नहुने कामहरू 
जन्मदिनको दिन नङ र कपाल काट्ने तथा तेल मालिस गर्ने जस्ता कामहरू गर्नुलाई ज्योतिषशास्त्रले राम्रो मानेको छैन । जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो भन्ने पनि विश्वास छ ।

साथै यस दिन सके सम्म पाठपूजा गरेर शाकाहारी  भोजन खानु राम्रो मानिएको छ । जन्मदिनमा कसैलाई झुटो बोल्नु र माछा, मासु  मदिरा जस्ता वस्तु सेवन गर्नुले कुण्डलीमा शनिदशा बिग्रँदै जाने मान्यता रहिआएको छ । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : १७ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि