इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्यो « Khabarhub

इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्यो


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ ।   प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमलापछि जबाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा २२ हजार बढी मारिएका हुन् । 

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राका अनुसार गत अक्टोबर ७ देखी यता गाजा पट्टीमा इजरायली आक्रमणमा कुल २२,४३८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

उनका अनुसार सो इजरायली हमलामा परी अहिलेसम्म कम्तीमा ५७ हजार ६१४ जना घाइते भएका छन् भने यसरी मारिने र घाइते हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

विगत २४ घण्टामा करिब १२५ प्यालेस्टाइनीको मृत्यु भएको र ३१८ जना घाइते भएको मन्त्रालय अपडेट गराएको छ ।

गाजा सरकारका अनुसार करिब ७ हजार अन्य अझै बेपत्ता भएका छन् र उनीहरूको घरको भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : ४१ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक