इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्यो « Khabarhub

इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्यो


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ ।   प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमलापछि जबाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा २२ हजार बढी मारिएका हुन् । 

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राका अनुसार गत अक्टोबर ७ देखी यता गाजा पट्टीमा इजरायली आक्रमणमा कुल २२,४३८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

उनका अनुसार सो इजरायली हमलामा परी अहिलेसम्म कम्तीमा ५७ हजार ६१४ जना घाइते भएका छन् भने यसरी मारिने र घाइते हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

विगत २४ घण्टामा करिब १२५ प्यालेस्टाइनीको मृत्यु भएको र ३१८ जना घाइते भएको मन्त्रालय अपडेट गराएको छ ।

गाजा सरकारका अनुसार करिब ७ हजार अन्य अझै बेपत्ता भएका छन् र उनीहरूको घरको भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : ४१ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा