मुलुक समृद्ध बनाउने अभियानमा जुट्न उपप्रधानमन्त्री पोखरेलको आह्वान | Khabarhub Khabarhub

मुलुक समृद्ध बनाउने अभियानमा जुट्न उपप्रधानमन्त्री पोखरेलको आह्वान


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन उत्पादन वृद्धि हुनेगरी गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाई पनि सचेत गराए । नेपाल निजामती कर्मचारी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा जोड दिनुपर्ने भएकाले त्यसमा केन्द्रित हुने गरी आफ्ना गतिविधि अघि बढाउन पनि कर्मचारीलाई अग्रसर हुन आग्रह गरे ।

बदलिँदो परिवेश अनुसार अघि बढेर मुलुकमा गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरु लागि पर्नुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । उपप्रधानमन्त्री पोखरेलले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा कर्मचारीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको पनि स्मरण गराए ।

उनले अब कर्मचारीहरुले परिवर्तित सन्दर्भ अनुसार अघि बढन सक्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ०२ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी