सरकार काण्डै काण्डमा फसेको भन्दै नेविसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा « Khabarhub

सरकार काण्डै काण्डमा फसेको भन्दै नेविसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकार काण्डै काण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबादेखि बालुवाटारसम्म मार्चपास गरेको हो ।

उनीहरुले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राज्य आतंक फैलाएको आरोप लगाएका छन् । उनीहरुले बालकुमारी घटनामा सरकारकै कारण दुई युवाहरुको मृत्यु भएको भन्दै सरकारविरोधी नारावाजी गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले युवालाई छातीमा गोली होइन रोजगार दे, काण्डै काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे लेखिएका व्यानर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  २ : २६ बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको