चार किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

चार किलो गाँजासहित दुई जना पक्राउ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर– हेटौंडाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित दुई जनालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र ३७ वर्षीय मनोज कुमार रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.४ ख ५९२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई शरीरमा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ३१ बजे

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पुस २५ गतेदेखि

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा

‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र दिइने

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा