हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्छ : अध्यक्ष थापा | Khabarhub Khabarhub

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्छ : अध्यक्ष थापा


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने दाबी गरे ।

अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भइ मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै थापाले आन्दोलनको वातावरण निर्माण गर्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीको कर्णाली क्षेत्रस्तरीय प्रशिक्षणको सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै थापाले सबै राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिहरुबीच एकता र मोर्चा निर्माण गरि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने बताए ।

राप्रपा सत्ता केन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण भन्दै द्वैध नीति त्यागी आन्दोलनको बाटोबाट मात्र अघि बढ्न समेत सुझाव दिए । आन्दोलनको विकल्प नभएको भन्दै थापाले वृहत मोर्चा निर्माण गरि आन्दोलनमा जान आफूले भूमिका खेलिरहेको समेत बताए ।

कार्यक्रममा उपाध्यक्ष गोविन्दविक्रम शाह, ईश्वर श्रेष्ठ ,धनबहादुर थापा, सूर्य शाही, जीवन चन्द लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ०७ बजे

एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने ओलीको प्रस्ताव

काठमाडौं- आफैं तेहेरिने योजनामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

एजेन्सी– भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा

‘म कहिल्यै बिग्रिएको छैन, लहैलहैमा लागेर बिग्रेकाहरू सप्रियुन्’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरू

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’(एनएफसी) प्रविधिमा आधारित

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट