एमालेमा ६ केन्द्रीय सदस्य थपिए « Khabarhub

एमालेमा ६ केन्द्रीय सदस्य थपिए


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्य थपिएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुने ६ मध्ये ५ जना पार्टीको प्रदेश समितिका पूर्वअध्यक्षहरु रहेका छन् । मनोनित हुने प्रदेश पूर्वअध्यक्षमा कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेसका रामअवतार यादव, बागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिमका दामोदर भण्डारी रहेका छन् ।

त्यसैगरी, बैठकले झापाका जिल्ला अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ०६ बजे

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट