बरहथवा प्रदर्शन : सर्लाही प्रशासनले लगायो कर्फ्यू « Khabarhub

बरहथवा प्रदर्शन : सर्लाही प्रशासनले लगायो कर्फ्यू


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासनले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको विषयलाई लिएर भएको विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने जोखिम र शन्ति भंग हुन जानसक्ने अवस्थालाई लिएर बरहथवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।

प्रशासनले जारी गरेको आदेशमा शुक्रबार बेलुका ५ बजेर ३० मिनेटदेखि शनिबार बिहान ८ बजेसम्मका लागि उत्तरमा सोती चोर्निया पुल, पश्चिमा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने स्थानलाई चार किल्ला स्थापित गरी करफ्यू आदेश जारी गरिएको जनाइएको छ ।

कर्फ्यू आदेश उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारवाही गर्नसक्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यू आदेशमा जनाइएको छ ।

यसअघि शुक्रबार बरहथवा नगर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको थियो ।

यो पनि…

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ३२ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा