बरहथवा प्रदर्शन : सर्लाही प्रशासनले लगायो कर्फ्यू « Khabarhub

बरहथवा प्रदर्शन : सर्लाही प्रशासनले लगायो कर्फ्यू


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासनले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको विषयलाई लिएर भएको विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने जोखिम र शन्ति भंग हुन जानसक्ने अवस्थालाई लिएर बरहथवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।

प्रशासनले जारी गरेको आदेशमा शुक्रबार बेलुका ५ बजेर ३० मिनेटदेखि शनिबार बिहान ८ बजेसम्मका लागि उत्तरमा सोती चोर्निया पुल, पश्चिमा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने स्थानलाई चार किल्ला स्थापित गरी करफ्यू आदेश जारी गरिएको जनाइएको छ ।

कर्फ्यू आदेश उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारवाही गर्नसक्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यू आदेशमा जनाइएको छ ।

यसअघि शुक्रबार बरहथवा नगर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको थियो ।

यो पनि…

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ३२ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको