यू-१९ विश्वकप सपना « Khabarhub

यू-१९ विश्वकप सपना


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले टोलीलाई सफलताको शुभकामना दिए।

आगामी माघ ५ गतेदेखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा १६ राष्ट्रका खेलाडी सहभागी छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा रहेको छ। नेपाल रहेको समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्।

त्यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया छन्। प्रत्येक समूहका शीर्ष तीन टोली अर्को चरणमा प्रवेश गर्नेछन्।

नेपालले आइसिसी एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै विश्वकपको यात्रा तय गरेको थियो।

नेपालले पहिलो खेल आगामी माघ ७ गते न्युजिल्यान्डसँग खेल्ने छ। दोस्रो खेल माघ १० गते पाकिस्तानसँग तथा तेस्रो खेल माघ १३ गते अफगानिस्तानसँग खेल्नेछ। त्यसअघि नेपालले यही पुस २८ गते स्कटल्यान्ड र माघ २ गते वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ।

क्यानले विश्वकपका लागि बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो।

नेपाली टोलीमा कप्तान खनालसहित गुल्सनकुमार झा, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी, दीपक बोहरा, सुवास भण्डारी, दीपेशप्रसाद कँडेल, उत्तम थापा मगर, दीपक बोहरा, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन्।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ०१ बजे

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

काठमाडौं– नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि