सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, अपराह्न ४ बजे फेरि बस्ने « Khabarhub

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, अपराह्न ४ बजे फेरि बस्ने


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार सामान्य छलफल भएर बैठक सकिएको छ । उनले खबरहबलाई भने, ‘सिटका विषयमा सामान्य छलफल भयो । हामी सबैले पार्टीको धारणा राख्यौँ ।’

बैठकमा उपस्थित एक नेताका अनुसार कांग्रेसले सिट बढी मागेको र साना दल नाउपा र जनमतले पनि भाग खोजेका कारण सिट मिलाउन समस्या भएको छ ।

ती नेताले भने, ‘एक पटक पुनः आफ्नो आफ्नो पार्टीमा छलफल गरेर ४ बजे पुनः बैठक बस्ने गरी अहिले सकिएको छ ।’

 यसैबीच कांग्रेस नेता रमेश लेखककाअनुसार गठबन्धनले एमालेसँग साझेदारी नगर्ने सहमति जुटेको छ । 

उनले भने, ‘गठबन्धनकैबीचमा सिटको बाँडफाँड हुन्छ । गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’

४ बजे चार दलको बैठक बस्ने र ५ बजे सत्तामा साझेदार गर्ने अन्य दललाई पनि समावेश गरिने छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १२ : ५२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका