कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण « Khabarhub

कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमकमा राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ ।

दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन भवनतर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको सालिकको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् ।

दमकमा यसअघि नै महागुरु फाल्गुनन्द, शङ्खधर साख्वा, भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका विभूतिहरुको सालिक स्थापना भइसकेको प्रमुख ओलीले बताए । उनले राष्ट्रिय विभूतिहरुको सम्मानस्वरुप सालिक निर्माण गरिएको जानकारी दिए ।

पौड्याल वंशोद्वार केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत रहनुभएका दमक नगरपालिका– ७ का वडाध्यक्ष भीम पौडेलको सक्रियतामा रु ६ लाखको लागतमा सालिक निर्माण गरिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ५० बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ