जापानी युवतीको निशुल्क मेकअप सेवा « Khabarhub

जापानी युवतीको निशुल्क मेकअप सेवा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता एउटा जापानी युवतीले नेपालीहरुलाई निशुल्क मेकअप सेवा दिइरहेकी छिन् ।

ती जापानी युवती हुन्– २२ वर्षीया यरिका शिवायामा । उनली पोखराका विभिन्न ठाउँमा सेवाग्राहीलाई निशुल्क मेकअप गरिदिन्छिन् । सँगै एउटा बोर्ड राखेकी हुन्छिन् जहाँ लेखिएको हुन्छ– ‘जापानको निशुल्क मेकअप’ ।

केही मेकअपका सामानहरु पनि हुन्छन् त्यहाँ । उनले आफूसँग भएका ती मेकअपका सामानले निशुल्क रुपमा सेवा दिन्छिन् । उको काम देखेर प्रशंसा गर्नेहरु पनि छन् ।

नेपाली अक्षरमा निशुल्क मेकअप लेखिएको बोर्ड देखेपछि त्यहाँ मेकअप गराउनेको लाइन नै लाग्न गरेको छ ।

पोखरा महानगरमा आएका सेवाग्राहीलाई निःशुल्क मेकअप गर्दै जापानी सौन्दर्यकर्मी २२ वर्षीया युरिका शिवायामा ।

मंगलबार पोखरा महानगरपालिकाको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए ।

सबै व्यस्त थिए, महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र अनुहारमा मेकअप गरिरहेका थिए । सेवाग्राही महिलाको हातमा नेलपोलिस, आइस्याडो, लिपिस्टिक लगाउने तरिकाबारे जापानी युवतीले बताइरहेकी थिइन् । सहजकर्ताका रूपमा रहेका थिए, केही नेपाली बोल्न जान्ने जापानी योहासिमतो ।

महानगरका उपप्रमुख मञ्जु गुरुङले भने जाइकामा कार्यरत जापानी सौन्दर्यकर्मीले सौन्दर्यकलाका बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगरमा पनि ठाउँ मागेकाले उपलब्ध गराएको बताइन् ।

“खासै विशेष कार्यक्रम केही होइन, एक जापानी सौन्दयकर्मी युवतीले सामान्यतः मेकअप कसरी गर्ने र यसले महिलाको सौन्दर्य र आत्मविश्वासमा कस्तो प्रभाव पार्छ भनेर सिकाउनका लागि ठाउँ मागेपछि हामीले उपलब्ध गराएका हौँ ।” यसले महिलालाई मेकअपका बारेमा जानकारी दिन सहयोग पुर्‍याएको  उनले बताइन् ।

जाइकाबाट पोखरामा महानगरपालिकाको महिला शाखामा कार्यरत जापानी युवक योहासिमातोको सहयोगमा ती जापानी युवती महानगर परिसरमा आएको उपप्रमुख गुरुङले जानकारी दिइन् । ती युवतीले पोखराको अन्य वडामा समेत निःशुल्क मेकअप सेवा प्रदान गर्दै आएकी छिन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ०८ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.