जुनियर कपको सेमिफाइनल समीकरण पुरा « Khabarhub

जुनियर कपको सेमिफाइनल समीकरण पुरा


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा धनगढीमा जारी स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा डिस्कभरी स्कुल, धनगढी नमूना मावि, विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन्।

आइतबार बिहान हुने पहिलो सेमिफाइनलमा डिस्कभरी स्कुल र धनगढी नमूना मावि तथा दिउँसो हुने अर्को सेमिफाइनलमा विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन्।

यही पुस १४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागि १५ टोलीमध्ये यी चार स्कुल सेमिफाइनलमा प्रवेश गरेका हुन्।

प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ। त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल स्ट्रस्ट, मायाँ मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, मालिकार्जुन हार्डवेयर एसपीए कलेज, ब्रेड बक्स क्याफेलगायतले सहयोग गरेका छन्।

प्रतियोगिताको फाइनल सोमबार हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ। यस्तै उपविजेताले १५ हजार पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति त्यस्तै उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने आयोजक डिसिएका प्रबन्धक समुयल न्यौपानेले बताए।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको इभेन्ट निर्देशकमा ज्ञानेन्द्र क्षेत्री, म्यानेजरमा शुभम पनेरु तथा कार्यक्रम संयोजक सन्दीप भट्ट छन्।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : २१ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक