अरब सागरमा भारतीय नौसेनाको निगरानी जारी « Khabarhub

अरब सागरमा भारतीय नौसेनाको निगरानी जारी


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले समुद्री सुरक्षाका लागि उत्तरी तथा मध्य अरब सागरमा नौसैनिक निगरानीलाई जारी राखेको जनाएको छ । भारतीय रक्षा मन्त्रालयले उत्तरी तथा मध्य अरब सागरका साथै आदेनको खाडीमा व्यवसायिक जहाज र नाविकहरुको सुरक्षालाई मध्यनजर गर्दै समुद्री गस्तीलाई कायमै राखेको जनाएको हो ।

सो क्षेत्रमा भारतीय नौसेनाका पानीजहाज र युद्धपोतसँगै हवाई गस्ती गर्न नौसैनिक लडाकु विमानको पनि प्रयोग गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसबाहेक भारतीय नौसेनाले तटरक्षक बलसँग सहकार्य गरी आफ्नो अधिनमा रहेको आर्थिक क्षेत्र (ईईजेड) मा उच्च सुरक्षा सतर्कता अपनाएको जनाइएको छ । पछिल्लो समय अरब सागरको क्षेत्रमा व्यवसायिक जहाजलाई लक्षित गरी आक्रमण भएसँगै भारतले यस्तो कदम चालेको हो ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  २ : ५७ बजे

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी