आज २०८० साल पुस २२ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल पुस २२ गते आइतबारको राशिफल


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २२ गते आइतबार तदनुसार सन् २०२४ जनवरी ७ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। उत्तरको यात्रा गर्दै नगर्नुहोला। परिवारिक सम्बन्ध रमाइलो हुनाले खर्च बढ्ने योग रहेको छ।

वृष : दिन राम्रो छ। सामाजिक क्षेत्रमा कुरा काट्ने धेरै छन्। न्यायको पक्षमा बोल्नु उपयुक्त हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने योग रहेको छ।

मिथुन : आजको दैनिकी सामान्य छ। राम्रो काममा हिम्मत गर्नुभयो भने फाइदा हुनेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ। शैक्षिक क्षेत्रमा उन्नति हुने देखिन्छ। परिवारमा भने खटपटी हुनसक्छ।

कर्कट : हरेक क्षेत्र सबल छन्। अचानक सम्पत्ति खर्च हुने योग रहेको छ। साथीसँगको सम्बन्ध बिग्रिन सक्छ। रोजगारीमा बढुवा हुने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

सिंह : दिन सामान्य छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पुरानो रोगको प्रकोप बढ्ने देखिन्छ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : राम्रो खबर सुन्न पाइने छ। स्वास्थ्य राम्रो हुनेछ। स्वदेशमै लगानी गर्ने विषयमा मन उत्साहित हुनेछ। समाजसेवा र परोपकारमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। राम्रो कुरा सोच्नु भएको भए इच्छा पुरा हुनेछ। देशको उन्नतिका लागि काम गर्नु राम्रो हुन्छ। परोपरकार गर्न खोज्नुभयो भने परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। हरेक क्षेत्रमा बाधा र विरोध रहे पनि शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय लाभ प्राप्त हुनेछ। पारिवारिक साथ र सहयोग हुनाले मनमा शान्ति मिल्नेछ।

धनु : आजको दिन सामान्य राम्रो छ। सोचेर बोल्नु राम्रो हुन्छ। बोलीकै कारण समस्या आइपर्ने हुनाले विवेक प्रयोग गर्नु उपयुक्त हुन्छ। समाजमा झुटो आरोप लाग्नसक्छ। परिवारमा खटपटी बढ्ने देखिन्छ। परेवालाई दाना दिनुभयो भने धेरै संकट टर्नेछ।

मकर : दिन राम्रो छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। आजको दिनमा माछा र मासुबाट अलग रहनु। शिक्षाको क्षेत्रमा उन्नति हुने योग छ। परिवारबाट असहयोग हुनसक्छ।

कुम्भ : दिन सामान्य छ। हरेक क्षेत्रमा विरोध हुनसक्छ। मन बलियो पारे थालेको काम सफल हुनेछ। पिपलको दर्शन गर्नुभयो भने संकट टर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। घर वा डेरा सर्ने चटारो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : १५ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी