चिसोका कारण दिल्लीमा ५ कक्षासम्मका विद्यार्थीको पठनपाठन बन्द « Khabarhub

चिसोका कारण दिल्लीमा ५ कक्षासम्मका विद्यार्थीको पठनपाठन बन्द


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

दिल्ली- चिसो मौसमका कारण भारतको राजधानी नयाँ दिल्लीमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् ।

दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भनिन्, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालयहरू आगामी ५ दिन बन्द रहनेछन् ।”

दिल्ली सरकारले अघिल्लो आदेशमा ‘अत्यधिक शीतलहर’ र राष्ट्रिय मौसम विज्ञान विभागले दिएको चिसो मौसम हुने पूवानुमानको चेतावनी’ लाई ध्यानमा राख्दै राष्ट्रिय राजधानी क्षेत्र (एनसीटी) का सबै सरकारी सहायता प्राप्त, गैर–सहायता प्राप्त र सरकारी मान्यता प्राप्त निजी विद्यालयहरूमा जाडो बिदा जनवरी १० सम्म लम्ब्याएको छ ।

यद्यपि, जारी भएको केही घण्टापछि दिल्ली सरकारले राष्ट्रिय राजधानीभित्रका विद्यालयहरूमा जाडो बिदाको विस्तारसँग सम्बन्धित त्यो आदेश फिर्ता लिएको थियो ।

दिल्ली, पूर्वी राजस्थानका केही भाग, उत्तर पश्चिम राजस्थान, हरियाणा र पञ्जाबका केही भागहरूमा घाम नलाग्दा केही दिनदेखि मौसमको अवस्था अत्यधिक चिसो बनेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली, पञ्जाब, हरियाणा र राजस्थानमा आगामी एक दिन अत्यधिक चिसोको स्थिति जारी रहने छ । पञ्जाब र हरियाणाका धेरै भागहरूमा अधिकतम तापक्रम ९–१२ डिग्री सेल्सियसको हाराहारीमा रहने छ र उत्तरी राजस्थान, दिल्ली, उत्तर–पश्चिम मध्य प्रदेश र उत्तर प्रदेशका केही भागहरूमा १३–१६ डिग्री सेल्सियसको नजिक रहने छ ।

यी क्षेत्रहरूमा चिसो ४–९ डिग्री सेल्सियसभन्दा कम रेकर्ड गरिएको छ । राजस्थान, पञ्जाब, हरियाणा–चण्डीगढ–दिल्ली, उत्तर प्रदेश, उत्तरपश्चिम मध्य प्रदेश, बिहार र झारखण्डको न्यूनतम तापक्रम ६ देखि १५ डिग्री सेल्सियसको बीचमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  २ : २७ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश