गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै समाजवादीले राष्ट्रियसभामा दुई पदमा उम्मेदवारी दिने « Khabarhub

गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै समाजवादीले राष्ट्रियसभामा दुई पदमा उम्मेदवारी दिने


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई पदमा उम्मेदवारी दिने भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले सिट बाँडफाँटका विषयमा गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै दुई सिटमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले सिट संख्याका बारेमा पार्टीमा असन्तुष्टि कायम गरेको र त्यसले आगामी दिनमा केही न केही असर देखाउने बताए । त्यस्तै, बैठकले उम्मेदवारका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ४ : ४३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको