इजरायली आक्रमणमा दुई पत्रकारको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा दुई पत्रकारको मृत्यु


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

गाजा- इजरायली आक्रमणमा प्यालेस्टाइनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन् ।

हम्जाका बुबा वाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख हुन् र हालैको एक आक्रमणमा उनी पनि घाइते भएका थिए । युद्धको सुरुआती साताहरूमा छुट्टै इजरायली आक्रमणमा उनकी पत्नी र दुई छोराछोरी मारिएपछि उनी घाइते भएका थिए ।

थुरियाले सन् २०१९ देखि एएफपीसँग काम गरेका थिए । न्यूयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि डिसेम्बर ३१ सम्म कम्तीमा ७७ पत्रकार र मिडियाकर्मी मारिएका छन् । तीमध्ये ७० प्यालेस्टाइनी, चार इजरायली र तीन लेबनानी रहेका छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : ३५ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले