दोलखाको मेलुङ गाउँपालिकामा किसानलाई हाते ट्याक्टर र आलुको बिउ वितरण « Khabarhub

दोलखाको मेलुङ गाउँपालिकामा किसानलाई हाते ट्याक्टर र आलुको बिउ वितरण


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

दोलखा- आलुखेती र उत्पादनको हिसाबले उर्वरभूमि मानिने दोलखाको मेलुङ गाउँपालिकाले वडा नम्बर ३ का स्थानीय किसानलाई हाते ट्याक्टर तथा उन्नत जातको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ का किसानलाई पालिका अध्यक्ष हिराकुमार थोकरको उपस्थितिमा कृषि सामाग्री वितरण गरेको हो ।

गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशको अनुदान सहयोगमा वडा नम्बर ३ को दोभान वर्षे आलु उत्पादक कृषि समुहमा आबद्ध किसानलाई ५० प्रतिशत लागत साझेदारीमा उक्त सामग्री वितरण गरेको मेलुङ गाउँपालिका कृषि प्राविधिक विष्णु जिरेलले जानकारी दिए ।

पालिकाले किसानलाई मिनिटिलर ५.५ एचपीको डिजेल इन्जिन जडहा भएको ५ थान हाते ट्याक्टर, ४ टन उन्नत जातको आलुको बिउ, विषादी छर्नको लागि स्प्रेयर १६ लिटरको १५ थान, आलुमा लाग्ने किरा नियन्त्रणको लागि जैविक ट्रप र भिटामिनलगायतका कृषि सामग्री वितरण गरेको हो ।

वडा नम्बर ३ मा आलुखेतीमा आबद्ध दोभान कृषि समूहका ३० जना किसानलाई उक्त सामग्री वितरण गरिएको हो । त्यस्तै, पालिकाले वडा नम्बर ५ का किसानलाई ५ लाख बराबरको कृषि सामग्री तथा औजार वितरण गर्न भने बाँकी रहेको प्राविधिक जिरेलले जानकारी दिए । वडा नम्बर ३ को दोभान कृषि समूहले मात्रै १० हजार टन आलु उत्पादन गर्दै आएको छ ।

आलु उत्पादनमा आत्मनिर्भर रहेको मेलुङले वार्षिक १५ करोड बराबरको आलु बिक्री गर्दै आएको पालिका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिए । बागमती प्रदेशले चालु वर्ष वडा नम्बर ३ र ५ मा आलु प्रवर्द्धन कार्यक्रमको लागि १० लाख अनुदान दिएको थियो । वडा नम्बर ३ मा ५ लाख बराबरको कृषि सामग्री वितरण गरिए पनि वडा ५ भने वितरण गर्न बाँकी रहेको छ ।

सुवास बस्नेत

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : ४१ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको